Logo

प्रधानमन्त्रीको स्वागतमा हिँडेका दुई मन्त्रीको गाडी आपसमा ठोक्किएर दुर्घटना



काठमाडौं, १३ साउन । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी लम्कीमा एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागी चिसापानी जाने क्रममा दुई मन्त्रीको गाडी ठोकिएको प्रहरीले जनाएको छ ।

भौतिक मन्त्री सुरेन्द्र पाल चढेको गाडीलाई कानून मन्त्री हीरा सार्की चढेको गाडीले लम्कीमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

सार्की चढेको से. १ झ ३३० र पाल चढेको बा. २ झ १४१९ नम्बरको गाडी ठोक्किएको हो ।

दुईवटै गाडीमा सवार सबैको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्