Logo

प्रधानमन्त्रीद्वारा कम्बोडियामा ज्यान गुमाएका निराकारका बुबासँग भेट



काठमाडौँ, २१ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परि ज्यान गुमाएका निराकार पाण्डेका बुबा अग्नि पाण्डेसँग भेट गरेका छन् ।

प्रधानमन्त्रीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइ पाण्डेसँग भेट गरेका हुन् ।

भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवम् जिम्मेवारीबोधप्रति धन्यवाद व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दु:ख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका उनको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्