काठमाडौँ, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा किसानले सडकमा तरकारी फालेकाे विषयबारेमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयकाे ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री प्रचण्डले कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराउँदै किसानकाे माग सम्बाेधनको लागि आवश्यक पहल गर्न निर्देशन दिएका हुन् ।
शुक्रवार चितवनका किसानहरूले उचित मूल्य नपाएको भन्दै तरकारी र अन्य कृषिजन्य उत्पादन सडकमा फालेका थिए ।
चिवतनमै रहेकी मन्त्री साहलाई प्रधानमन्त्रीले किसानहरूसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिएका छन् ।
कृषिमन्त्रीले किसानहरूसँग छलफल गरेर फर्किएपछि मन्त्री, सचिव र अन्य सरकारी अधिकारीहरू बोलाएर थप छलफल गर्नेसमेत प्रधानमन्त्रीको तयारी छ।







