रूपन्देही, २९ बैशाख । लुम्बिनीमा आयोजित २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस विशेष समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको छ।
लुम्बिनीको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा आयोजित उक्त विशेष समारोहमा प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुका साथै बुद्धको शान्ति सन्देशलाई विश्वभर फैलाउने विषयमा जोड दिनुभयो।
समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य, संघीय तथा प्रदेश सरकारका मन्त्रीहरू, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरू, उच्चस्तरीय पदाधिकारीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू तथा थुप्रै विदेशी पाहुनाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।