Logo

प्रधानमन्त्रीलाई उठेदेखि सुत्ने बेलासम्म फुर्सद छैन: राणा



कास्की, ६ असार । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले प्रधानमन्त्रीलाई शेरबहादुर देउवालाई उठेदेखि सुत्ने बेलासम्म फुर्सद नहुने गरेको टिप्पणी गरेकी छन् ।

नेपाल तरुण दल कास्कीले सोमवार पोखरामा विपद् व्यवस्थापन नागरिक सेवामा तरुण दलको भूमिका एवम् निर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले भन्नि, ‘पदमा पुगेपछि धेरै गर्छु भन्ने लागेको हुन्छ तर पूरा गर्न गाह्रो छ । प्रधानमन्त्री देउवालाई पनि उठेदेखि सुत्ने बेलासम्म फुर्सद नहुने गरेको मैले नजिकबाट देखेको छु ।’

प्रधानमन्त्री हुन सजिलो भए पनि काम गर्न गाह्रो भएको उनको दाबी छ । उनले प्रधानमन्त्री देउवा देशमा पाँच पटक प्रधानमन्त्री भएको तर जनचाहनाअनुसार काम गर्न गाह्रो भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्