Logo

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउँदा पक्राउ परेकालाई तत्काल रिहा गर्न पहिचानवादीको माग



झापा, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले दमकस्थित टावर उद्घाटन गर्दा कालोझण्डा देखाएर विरोधमा नाराबाजी गर्ने १० जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

आफ्ना १० कार्यकर्ताहरु पक्राउ परेको जनाउँदै पहिचानवादी संगठनहरुका तर्फबाट जारी विज्ञप्तिमा उनीहरुलाई निशर्त रिहा गर्न भनिएको छ ।

पक्राउ पर्नेहरुमा एल पी पालुङवा , केदार धिमाल , मातृका धिमाल , गंगा राई शेर्मा , बिक्रम वनेम राई , याम लोरिङ्देनलगायत रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

प्रधानमन्त्री ओली आइतबार आफ्नो गृहनगर दमकस्थित बिजनेश टावरको उदघाटन गर्न आउनुभएको थियो । त्यसक्रममा पहिचानवादी अभियन्ताहरुले ओलीको विरोधमा नाराबाजी गरेका हुन् ।

पूर्वीनेपालका पहिचानवादी संघ संस्थाहरु प्रदेशको नामाकरण विरुद्ध आन्दोलनमा छन् । साथै उनीहरुले पाथीभराको केबलकार परियोजनाको पनि विरोध गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्