Logo

प्रधानमन्त्रीलाई परेको चोट हामी अनुमान गर्न सक्छौँ: डा.रिजाल



काठमाडौँ, २७ असार । नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनप्रति शोक व्यक्त गरेका छन् ।

पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा स्व दाहालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले प्रधानमन्त्री र उहाँको परिवारजनलाई ठूलो चोटका साथै सबैका लागि अपूरणीय क्षति भएको बताएका हुन् ।

उनले अध्यक्ष ‘प्रचण्ड’ र सम्पूर्ण परिवारजनप्रति समवेदना प्रकट गरेका थिए । नेता रिजालले भने, “स्व दाहाल प्रधानमन्त्रीकी पत्नी मात्र नभइ राजनीति आरोह अवरोधको सहयात्री हुनुहुन्थ्यो । अध्यक्ष प्रचण्डका लागि ठूलो क्षति हो, उहाँका लागि परेको चोट हामी सबैले अनुमान गर्न सक्छौँ ।”

उनले स्व दाहालको माओवादी आन्दोलन र नेपालको राजनीतिमा ठूलो योगदान रहेको बताए । प्रधानन्त्रीलगायत सम्पूर्ण परिवारजनलाई परेको दु:खदप्रति सहानुभूति प्रकट गर्दै नेता रिजालले शोकलाई शक्तिमा बदल्दै माओवादीले देश र जनताको हितमा दत्तचित्त भएर अझै राम्रो काम गर्न सकोस भनी कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्