Logo

‘प्रधानमन्त्रीलाई भावनात्मक पक्ष अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट छैन्’



काठमाडौँ, २५ असार । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्रीलाई भावनात्मक पक्ष अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट नभएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा जवाफ दिने क्रममा सरदार प्रितम सिंहसँग पारिवारिक दुस्खका बेला भेट भएको प्रसंग उठाएपछि भट्टराईको यस्तो टिप्पणी आएको हो ।

‘प्रधानमन्त्री प्रचण्डको पारिवारिक पीडामा मजाक गरेका होइनौं, छोरी ज्ञानु, छोरा प्रकाश र श्रीमती सीताका बारेमा पुष्पकमल दाहालले बेहोरेको पीडा संवेदनशील छन् । उहाँका ति पीडामा साहस भर्न सिंगो सदन उहाँलाई साथ दिन तयार छ ।’ भट्टराईले सामाजिक संजालमा लेखेका छन्, ‘तर प्रधानमन्त्रीका रुपमा उहाँलाई भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट चैं छैन है । हेक्का रहोस् ।’

उनले प्रचण्डको पारिवारिक पीडामा मजाक नगरेको भन्दै आफूहरू अरू केही जस्तो निर्दयी नभएको उल्लेख गरेका छन् । ‘तर देशको प्रधानमन्त्रीको अभिव्यक्ति र व्यवहारप्रति भने कठोर प्रश्न छन् ।’ भट्टराईले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्