Logo

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे मुख्यमन्त्री कार्की



काठमाडौँ, १८ माघ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

प्रचण्डलाई भेट्न मुख्यमन्त्री कार्की आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

दुई नेताबीच बधाई तथा शुभकामना आदान प्रदान र समसामयीक राजनीतिका बारेमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवलायले जनाएको छ ।

प्रदेश १ ले पहिलो कार्यकालमा प्रदेशको नामाकरण गर्न सकेको थिएन् । आफ्नो कार्यकालमा प्रदेशको नामकरण गर्ने मुख्यमन्त्री कार्कीले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्