काठमाडौँ, १० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुख तथा मुख्यमन्त्री सम्पर्क कार्यालय तथा निवासको उद्घाटन गरेका छन् ।
आइतबार आयोजित एक कार्यक्रमकाबीच प्रचण्डले ललितपुर महानगरपालिकाको सैंवुस्थित नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
त्यस्तै नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले कोशी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीको निवास अवलोकन समेत गरेका छन् ।







