Logo

प्रधानमन्त्रीले बोलाएको सत्ता पक्षका दलहरुको बैठक बालुवाटारमा शुरु



काठमाण्डौ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्ता पक्षका दलहरुको बैठक शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा सरकारको एक सय दिनको कामको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ ।

प्रधानमन्त्री ओलीले आजै सय दिनको उपलब्धी सार्वजनिक गर्ने तयारी गरिरहेका बेला सत्तारुढ दलको बैठक बोलाउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्