Logo

प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक



काठमाडौँ, २५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई हटाउने तयारी गरेका देउवाले यसका लागि दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलका शीर्ष नेतालाई बालुवाटार बोलाएका हुन् ।

गठबन्धनमा आवद्ध दलका नेताहरुको पनि जसपाका मन्त्रीहरुलाई हटाउनुपर्नेमा जोड छ । सत्ता गठबन्धनमा रहेको जसपाले मंसिर ४ को चुनावका लागि १४ जिल्लामा एमालेसँग तालमेल गरेको छ । एमालेसँगको तालमेल पछि गठबन्धनका नेताहरु रुष्ट छन् । ​

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंह छन् ।

 

प्रतिक्रिया दिनुहोस्