
काठमाडौँ, १६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसदमा कुँदिएको नक्सामा नेपालको भूमि समेटिएको भन्दै आपत्ति जनाएका छन् ।
उनले नेपालको भूमि आफ्नो नक्साभित्र राखेर संसदजस्तो ठाउँमा राख्ने कार्यलाई उचित मान्न नसकिने बताए ।
अखिल नेपाल महिला सङ्घले काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस विषयमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणमा कुरा उठाउनुपर्ने बताएका हुन् ।
‘प्रधानमन्त्रीजी भोलि भारत जाँदै हुनुहुन्छ । भारतलाई गल्ती सच्याउनुस् भन्नुपर्छ’ उनले भने, त्यति गर्न नसक्ने भए भारत भ्रमणमा किन जाने?’
भारतले संसद भवनमा कुँदेको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुलाई पनि समेटेपछि विवादित भएको छ ।







