नेपालको राजनीतिक कोर्श बदलिएको देखिएको छ । राष्ट्रिय स्वाधीनताको मुद्धालाई बेस्सरी उछालेर निर्वाचन जितेर प्रधानमन्त्री बनेका के पी शर्मा ओलीको राष्ट्रवादको बारेमा प्रश्न उब्जिएको छ ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेलामा गलत सम्झौता भएको तथ्य अहिलेसम्म पाइएको छैन । तर, जुन समयमा भारत भ्रमणको तिथि निर्धारण गरियो त्यो भने वेठीक हो । चीनको बोआओ सम्मेलनलाई प्रभावित पार्ने गरी भारतीय पक्षबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आयो ।
चैत्र २३ देखि चैत्र २५ को भारत भ्रमण तय गरियो । एशिया स्तरको चीनमा भएको सम्मेलन चैत्र २५ गतेदेखि पहिले नै निर्धारित थियो । तत्कालीन राजा वीरेन्द्रदेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसम्मले निकै महत्व दिएर यो सम्मेलनमा सहभागी भएका थिए । चीनका राष्ट्रपति सी जिन पिङ नै यो सम्मेलनमा आउने तयारी थियो । यो कुरा भारतका शासक र प्रधानमन्त्री ओलीलाई समेत जानकारी थियो । प्रधानमन्त्रीलाई चीनका राष्ट्रपतिसँग भेट्ने महत्वपूर्ण अवसर हुन्थ्यो । त्यसमा सहभागी हुन जान नसक्ने गरी प्रम ओलीलाई भारत भ्रमण गराएर अल्झाउने काम गरियो ।
बोआओ सम्मेलनमा जानुपर्ने भएकाले भारत भ्रमण जान सकिदैंन भनेर प्रधानमन्त्री ओलीले प्रष्टसँग भन्न सक्नुप¥थ्यो । यस्तो महत्वपूर्ण अवसरमा छिमेकी देशका कार्यकारी प्रमुख भाग लिन नजाँदा चीन रिसाएको, आशंकित भएको हुनुपर्छ । चीन समर्थित नेपालमा वाम सरकार स्थापना भएको भनेर चर्चा हुनु तर एशिया स्तरको चीनमा भएको सम्मेलनमा प्रधानमन्त्री नजानु विडम्बना नै हो । भारतको केवल सद्भाव भ्रमण हो । त्यो एकाध दिनको अघि पछि सार्दा हुन्थ्यो । तर, एशिया स्तरको सम्मेलन छलेर बोलाइएको भारतको निम्तामा प्रधानमन्त्री जाँदा उनको राष्ट्रवादको पर्दा केही हदसम्म च्यातिएको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीन गए लगत्तै उताका प्रधानमन्त्रीको लगत्तै नेपाल भ्रमणको तय थियो । छिट्टै चीनका राष्ट्रपतिको भ्रमणको पनि चर्चा चलेको थियो । विश्वको निकै शक्तिशाली र हाम्रो छिमेकी देश चीनको राष्ट्रपतिको नेपाल भ्रमण निकै महत्वपूर्ण हुन्थ्यो । नेपालको राष्ट्रिय स्वाधीनताको अभियानमा यो कोशेढुंगा हुन्थ्यो । चीनले बनाउने भनेको रेलदेखि भौतिक विकासमा पनि तीब्रता हुनसक्थ्यो । चीनले दिने सहयोगलाई ओझेलमा पार्ने गरी भारतले जल र रेलमार्गको कुरा उठाएर चिनियाँ एजेण्डालाई छायाँमा पारेको छ । जुन भारतले आश्वासन दिने तर पूरा नगर्ने विगतको जस्तै बाचा मानिएको छ ।
अब प्रधानमन्त्री ओलीले चीनको भ्रमण तय गर्लान । चीनले पनि औपचारिकता देला तर त्यो धेरै विश्वासको नहुनसक्छ । महत्वपूर्ण अवसरको कार्यक्रम छाडेर भारतको सद्भाव भ्रमणलाई प्राथमिकता दिने प्रधानमन्त्रीबाट चीनले विश्वासको लामो सहयात्रा कसरी गर्ला रु प्रम ओलीले भारतको विश्वास जित्न पहिलो औपचारिक भारत भ्रमण गरेको त एउटा छदैंछ, चीनलाई उत्तेजित हुने गरी स्वतन्त्र तिब्बत पक्षधर धर्मगुरु मास्टर कर्मा तन्पाई ग्यालसेनसँग भारतस्थित नेपाली दुतावासमै भेटेको खुलासा भएको छ । भारतीय संस्थापन पक्ष नै दलाई लामाबाट पछिल्लो समयमा टाढा बनिरहेको अवस्थामा ओलीले दूतावासमा नै किन उनलाई स्वागत गरे रु यो रहस्यमय बनेको छ ।
प्रम ओलीको भारत भ्रमणका बारेमा गठबन्धनमा सहभागी र एकता प्रक्रियामा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत थाहा नभएको मिडियामा चर्चा छ । ओलीको यो भ्रमणले राजनीतिक परिदृश्य अर्कोतिर लग्न खोजेको महसुस भएको छ ।
भारतसँग तिक्तताको सम्बन्ध रहिरहनु पथ्र्यो भन्ने होइन । अहिले चीन र एशियाका महत्वपूर्ण राष्ट्र प्रमुखसँग आफ्ना कुरा राख्ने अवसर गुमाउनु गलत हो । भारतको भ्रमण गरेर केही तिक्तता हट्यो होला, तर त्यसले धेरै ठूलो सम्भावित उपलब्धिलाई छायाँमा पार्ने काम भएको छ ।
प्रधानमन्त्री बन्नुपूर्व बैंकक गएका ओलीले नयाँ राजनीतिक कोर्श बदलेको आशंका गरिएको थियो । ओलीको पछिल्लो भ्रमणले केही पुस्टि गरेको छ । उनले यो प्रक्रियालाई तीब्रता दिएमा नेपालमा अग्रगामी अजेण्डा तुहाउने, राजनीतिक दुर्घटनामा लैजाने खतरा छ ।
ओलीले भारतलाई सन्तुलनमा राख्नका लागि मात्र यो भ्रमण गरेका हुन भने पनि गलत समय रोजेका पक्कै हुन । यसले धेरै घाटा लाग्दैन । तर, राजनीतिक कोर्श नै बदल्न सचेततापूर्वक पाइला चालेका हुन भने चांहि अग्रगामी अजेण्डा लिएका र राष्ट्रिय स्वाधीनताका पक्षधरले नयाँ स्टेप चाल्नुपर्छ ।