
काठमाडौँ, २१ असार । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ ।
सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिबारे छलफल भएको थियो । बैठकपछि नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यताविपरीत भएको बताए ।
बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको तथा संसद् फेस गरेरै अघि बढ्ने निष्कर्ष निकालेको पनि उनले बताएका हुन् ।
‘हामीले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका छौँ । प्रधानमन्त्रीले संसद् फेस गर्नुहुन्छु उपाध्यक्ष पाण्डेले भने ।
बैठकमा संसद्को अवरोध हटाउने विषयका साथै कोशी प्रदेशमा मुख्यमन्त्री चयन, मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएको लगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।





