काठमाडौँ, २१ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाप्रति आपत्ति प्रकट गरेका छन् ।
माओवादीले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म मनाउँदै आएको सहिद सप्ताहको आज अन्तिम दिन ‘सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशन’द्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै डा. भट्टराईले तीन वर्ष अघि बोलेको सामान्य कुरालाई लिएर बदालवाला प्रधानमन्त्रीबिरुद्ध मुद्दा दर्ता गर्नु निहुँ खोज्ने तरिका भएको बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले यस्ता कुराका विरुद्ध सडकमा निस्कनु पर्ने बताए । उनले चिार मिल्नेहरुबीच पार्टी एकतामा जोड दिएका छन् । विचार मिल्लनेहरुबीच पार्टी एकता, अलि अलि चिार मिल्लनेहरुबीच मोर्चा, मोर्चा बनाउन नसके कार्यगत एकता गरेर जाऔँ उनले आह्वान गर्दै भने, यसले एउटा अजय शक्ति निर्माण हुन्छ र त्यसले परिवर्तन ल्याउँछ ।
माओवादी जनयुद्धको नेतृत्व कर्तामध्येका एक रहेका डा. भट्टराईले माओवादी जनयुद्धप्रति गर्व रहेको बताए । तर, अहिले माओवादको पुच्छर झुण्डिाइ रहनु पर्ने आवश्यक्ता नरहेको बताए । मुख्य विचार माक्र्सवाद हो, आदि गुरु माक्र्स हुन्, लेलिनवादको फुर्को जोड्न पनि आवश्यक नभएको उनको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले तीन वर्षअघि काठमाडौँको एक सार्वजनिक कार्यक्रममा द्न्द्व कालमा मृत्यु भएको मध्ये पाँच हजारको जिम्मा आफुले लिने बताएका थिए । उनको त्यही अभिव्यक्तिका विरुद्ध अदालतमा रिट दर्ता गरिएको छ । रिटमा प्रचण्डलाई फौजदारी अभियोग मुद्दा चलाइ तत्काल पक्राउ गर्न माग गरिएको छ ।