काठमाडौँ, १२ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका समाजवादी मोर्चाका नेताले आज बुटवल जाने भएका छन् ।
बुटवलमा आयोजित समाजवादी मोर्चाको घोषणासभालाई प्रधामन्त्रीसहित मोर्चाका नेताले सम्बोधन गर्ने भएका छन् ।
बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सभालाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राजकिशोर यादवलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।







