Logo

प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेता निजगढमा



बारा, १८ असार । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली बारा पुगेको छ ।

अवलोकनका लागि प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, खानेपानी मन्त्री उमाकान्त चौधरीलगायत बारा पुगेका हुन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी सरकारको निर्णयमा सर्वोच्च अदालतको पछिल्लो आदेशले केही अन्योलता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्