झापा, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने राष्ट्रिय स्वतन्त्र पार्टीका १८ जना कार्यकर्ता झापामा पक्राउ परेका छन् ।
गौरादह नगरपालिका–४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण कार्यक्रमबाट ताजपुरिया समाज कल्याण परिषदको कार्यक्रममा सहभागी हुन आउने क्रममा प्रधानमन्त्री ओलीलाई गौरादह बजारमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले कालो झण्डा देखाएका थिए ।
त्यसक्रममा रास्वपाका गौरादह नगर सभापति जगत अधिकारीसहित १८ जना पक्राउ परेको जनाईएको छ ।