काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत पाउनु भएको छ ।
आज बसेको संसद बैठकबाट प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनु भएको हो । आजको संसद बैठकमा २६३ जना सांसद उपस्थित हुनुहुन्थ्यो । जसमध्ये प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा १८८जनाले मत दिनु भएको छ भने विपक्षमाम ७४ मत पर्यो । यस्तै एकजना सांसद तटस्थ रहनु भयो । प्रतिनिधिसभामा आज भएको मतदानमा उहाको पक्षमा दुईतिहाइ सांसदले भोट हालेका छन् ।
प्रधानमन्त्री ओली चौथो कार्यकालका लागि कांग्रेसको समर्थन प्रधानमन्त्री ओली असार ३० गते प्रधानमन्त्री नियुक्त हुनु भएको थियो ।
प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार ओलीले आज विश्वासको मत लिनुभएको हो ।