Logo

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय



काठमाडौँ, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । राप्रपा निर्देशक समितिको शनिबार बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो ।

नयाँ सरकारलाई प्रारम्भिक रुपमा सकारात्मक हिसाबले लिएको भएपनि तत्पश्चातका सम्पूर्ण गतिविधिको विश्लेषण गरेर विश्वासको मत नदिने निर्णय लिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघी कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिलाई राप्रपाले सकारात्मक भनेको थियो ।

राप्रपाले आइतबार (भोलि) बिहान ११ः४५ बजे संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतबारे बैठकबाट निर्णय गरिने राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जानकारी दिनुभयो ।

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय छ ।

 

 

प्रतिक्रिया दिनुहोस्