काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टचारी जोगाउने नेतृत्व गरेको आरोप लगाउनुभएको छ।
उहाले सामाजिक सञ्जालमा यस्तो आरोप लगाउनुभएके हो । सोमबार सिंहदरबारमा गणतन्त्र दिवस आयोजनाका लागि भएको बेठकमा प्रधानमन्त्री ओलीले मेयर बालेनको अनुपस्थितिबारे प्रश्न उठाउँदै कारण सोध्न भन्नुभएको थियो । त्यसको जवाफ पर्काउँदै बालेनले कार्यक्रममा नजाने भनेर जवाफ फर्काउनु भएको हो ।
सामाजिक सञ्जालमा त्यसको जवाफ दिँदै बालेनले ओलीलाई भ्रष्ट प्रणाली चलाएको र भ्रष्टचारीलाई जोगाएको समेत आरोप लगाउनुभयो । आफूले भ्रष्टचार रोक्छु भन्दा सबै दल मिलेर भ्रष्टचारी जोगाउँछु भनेको र प्रधानमन्त्री ओलीले त्यसको नेतृत्व गरेको उहाले आरोप लगाउनुभएको छ ।
‘जुन देशमा राजधानीको मेयरले भ्रष्टचार रोक्छु भन्दा देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ, उहाले लेख्नुभएको छ, ‘त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने रु’
उहाले अगाडि लेख्नुभएको छ, ‘सरी केपी ओली आई डन्ट सपोर्ट योर करप्ट सिस्टम ।’