Logo

प्रधानमन्त्री ओली अस्वस्थ



काठमाडौं, २० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उहालाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको छ ।

प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको जानकारी दिनुभयो।

ओलीले केही बेरअघि गृहमन्त्री रमेश लेखकसँग मात्र भेटेको सचिवालयले जनाएको छ । बजगाईंका अनुसार प्रधानमन्त्री ओली मंगलबार बालुवाटारमै स्वास्थ्यलाभ गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्