काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुुभएको छ। चिसोका कारण स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको सल्लाहअनुसार ओलीले पूर्वनिर्धारित सबै काम ‘भर्चुअल’ माध्ययमबाट गर्ने हुनुभएको छ।
अस्वस्थ भएपछि हाआज कतै पनि नजाने हुनुुभएको हो। उहाले सुरुङमार्गको उद्घाटन तथा अन्य काम भर्चुअलरुपमा गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले बताउनुभयो ।
‘धेरैं दौडधुप नगर्न चिकीत्सकको सल्लाह छ। त्यसैले प्रधानमन्त्री ज्यू उता ९उद्घाटन०मा नजाने हुनुभएको हो। तर यहीँबाट भर्चुअलरुपमा भने केही समयपछि उद्घाटन गर्नुहुनेछ,’ सिलवालले भन्नुभयो।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ।
सोही उद्घाटनका कार्यक्रमका लागि प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायत उपस्थित हुने कार्यक्रम तय भएको थियो।
पौडेल र दाहाल भने पुगिसक्नुभएको छ । उहाहरूलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभयो।