काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी ओली र काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पछिल्लो समसामयिक घटनाक्रमबारे भेटमा छलफल भएको जनाइएको छ । प्रधानमन्त्री ओलीको अस्वस्थताका कारण प्रतिनिधिसभाको बैठकमा आज हुने प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ ।