Logo

प्रधानमन्त्री कप क्रिकेट: कोशीको लगातार आठौँ हार



काठमाडौँ, १० माघ । कोशी प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार आठौँ हार खेपेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा कोशी सुदूरपश्चिम प्रदेशसँग आठ विकेटले पराजित भएको हो ।

जितसँगै सुदूरपश्चिमले पाँच खेलबाट आठ अङ्क बनाएको छ । कोशी आठौँ खेलसम्म अङ्कविहीन छ । जितका लागि कोशीले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २१.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

सुदूरपश्चिमका लागि नरेन भट्टले अविजित ५४ रन बनाए । प्रकाश पाण्डे अविजित ३४ र कप्तान राजु रिजालले २१ रन जोडे । कोशीका लागि दुवै विकेट फिर्दोस अन्सारीले लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले ३२ ओभरमा सबै विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो । कोशीका लागि मिनाश थापाले सर्वाधिक २६ रन बनाए भने कप्तान अङ्कित तिवारीले २२, कमल खत्रीले १८ र फिर्दोस अन्सारीले १३ रन बनाए । बलिङमा सुदूरपश्चिमका शेर मल्लले पाँच विकेट लिए भने विकाश आग्रीले चार विकेट झारेका थिए ।

प्रतिक्रिया दिनुहोस्