काठमाडौँ, ९ पुस । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब लगातार चाैथाे खेलमा विजयी भएकाे छ ।
साेमवार भएकाे खेलमा एपीएफले काेशी प्रदेशलाई ८ विकेटले हराएको हो ।
काेशीले दिएकाे ८५ रनकाे लक्ष्य एपीएफले १७ ओभर ३ बलमा २ विकेट गुमाएर भेटायाे । एपीएफका लागि इन्दु वर्माले नट आउट ३६ रन बनाइन् । बलिङतर्फ काेशीकी एलिशा खडिया र निशा शाहले समान १ विकेट लिएका हुन् ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे काेशीले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ८४ रन बनायाे । काेशीका लागि कप्तान रुबिना क्षेत्रीले ४१ रन बनाइन् । बलिङतर्फ एपीएफकी साेनु खड्का र करुणा भण्डारीले समान १ विकेट लिए ।
याे जितसँगै एपीएफ ४ खेलमा ८ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । यसअघिका ३ वटै खेल जितेकाे काेशी ४ खेलमा ६ अङ्कसहित दाेस्राे स्थानमा छ ।