Logo

प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिमलाई हराउँदै काेशी फाइनलमा



काठमाडौँ, १६ पुस । सुदूरपश्चिम प्रदेशलाई हराउँदै कोशी प्रदेश प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । सोमवार भएको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा पुगेको हो ।

सुदूरपश्चिमले दिएको ८९ रनको लक्ष्य कोशीले १३ ओभरमा १ विकेट गुमाएर भेटायो । कोशीका लागि काजल श्रेष्ठले नट आउट ३८ रन बनाइन् । यस्तै कप्तान रुबिना क्षेत्रीले ३७ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी लक्ष्मी साउदले १ विकेट लिइन् ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८८ रन बनायो । सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २५ रन बनाइन् । बलिङतर्फ कोशीकी सङ्गीता राईले २ विकेट लिइन् ।

कोशीले अब उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्नेछ । फाइनल खेल बुधवार त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्