चितवन, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन् ।
प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक उनी गृहजिल्ला चितवन आएका हुन् ।
प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव ६०औँ वार्षिकोत्सव समारोह उद्घाटन गर्न आएका हुन् । हीरक महोत्सवमा सहभागी भई उनी आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री दाहालले विद्यालयको हीरकद्वारको उद्घाटन, हीरक स्तम्भको अनावरण, स्मारिका विमोचन, नवनिर्मित भवनको शिलन्यास, विज्ञान प्रदर्शनी र खाना महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।







