Logo

प्रधानमन्त्री दाहाल सरकारी निवासमा



काठमाडौँ, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् ।

ललितपुरको खुमलटारस्थित निजी निवासबाट उनी आज साँझ सरकारी निवास सरेका हुन् ।

अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका छन् ।

प्रतिक्रिया दिनुहोस्