डडेल्धुरा, ५ मङ्सिर । डडेल्धुरामा भइरहेको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ । उहाँलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइ रहेका छन् ।
दुई हजार नौ सय ५६ गणना गर्दा प्रधानमन्त्री देउवाले एक हजार चार सय चार, स्वतन्त्र उम्मेदवार सागर ढकालले सात सय ३० र कर्णबहादुर मल्ल नेपाली कांग्रेस (विपी)ले पाँच सय २७ मत प्राप्त गरेका छन् ।







