डडेलधुरा, २० मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।
डडेलधुराका निर्वाचन अधिकृत करुणाकर अवस्थीका अनुसार आज देउवाले आफ्नो चुनावी खर्चको विवरण प्रतिनिधिमार्फत बुझाएका हुन् ।
देउवाले निर्वाचनमा २६ लाख १२ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेका हुन् । प्रचार सामग्री छपाइ, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायतका सात शीर्षकमा २६ लाख १२ हजार खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको हो ।







