Logo

प्रधानमन्त्री देउवाद्वारा मतदान



डडेल्धुरा , ३० वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् ।

नेपाली कांग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।

मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्