Logo

प्रधानमन्त्री देउवालाई जवाफ दिन आज २ बजेसम्मको समय



काठमाडौँ, २५ असोज । निर्वाचन कार्यालय डडेलधुराले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई फरक फरक जन्ममितिका सम्बनधमा प्रस्ट पार्न आज २ बजेसम्मको समय दिइएको छ ।

डडेलधुराबाट प्रतिनिधिसभामा उम्मेदवार भएका प्रधानमनत्री देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति परेको भन्ने उजुरीबारे जवाफ दिनका लागि आज दुई बजेसम्मको समय दिइएको हो । देउवाका विपक्षी उम्मेदवार नेपाली काँग्रेस बिपी समुहका उम्मेदवार कर्ण मल्लले जन्ममिति फरक भएको भन्दै दिएको उजुरी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्