Logo

प्रधानमन्त्री देउवाले दिए ऋषि सुनकलाई बधाई



काठमाडौँ, ८ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको नयाँ प्रधानमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गरे । प्रधानमन्त्री देउवाले लामो समयदेखिको नेपाल-बेलायत सम्बन्धलाई अगाडि बढाउन उनीसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन् ।

बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक सोमबार बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनकको भाग्योदय भएको हो । लिज ट्रस बेलायतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री बनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्