काठमाडौँ, २४ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई बालुवाटार पुगेका छन् ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।
अहिले प्रधानमन्त्री देउवा र डा.भट्टराईबीच कुराकानी भइरहेको छ । जसपाबाट अलग भएर नयाँ दलमा सहभागी भएपछि चुनावी रणनीतिमा छलफल गर्न उनी बालुवाटार पुगेको बुझिएको छ ।







