काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
फ्लिनले शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
प्रमुख फ्लिन चार दिने औपचारिक सद्भावना भ्रमणका लागि बिहीवार नेपाल आएका हुन् ।







