Logo

प्रधानमन्त्री देउवा आज मोरङ र खोटाङ जाँदै



काठमाडौँ, ७ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ र खोटाङ जाँदैछन्। सुन्दरहरैचा नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन उनी मोरङ जान लागेका हुन्।

प्रधानमन्त्री देउवा सो नगरपालिकाद्वारा आयोजित तीनवटा कार्यक्रममा सहभागी हुनेछन्। प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी उनले सो नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैचा नगरपालिका–९ मा निर्माण हुने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि देउवा खोटाङ जानेछन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडकखण्डको साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन गर्न प्रधानमन्त्री देउवा खोटाङ जान लागेका हुन्। प्रधानमन्त्री देउवाले आज दिउँसो साढे १२ बजे पुल उद्घाटन गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्