Logo

प्रधानमन्त्री देउवा भारत प्रस्थान



काठमाडौँ, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा आज तीन दिने भारत भ्रमणमा प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १:२५ बजे नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

भ्रमण टोलीमा देउवा पत्नी आरजू राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहेका छन् । भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी छन् ।

​प्रधानमन्त्री देउवालाई दिल्ली विमानस्थलमा भारतीय विदेशमन्त्री डा.एस जयशंकरले स्वागत गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्