Logo

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौँ, ८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अध्यक्ष ओली बिहान ९ः०० बजे बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीले भेट्न बोलाएपछि समसामयीक राजनीतिका विषयमा छलफल गर्न अध्यक्ष ओली बालुवाटार गएको उनको सचिवालयले जनाएको छ ।

सरकारले पछिल्लो समय प्रतिपक्षसँग सल्लाह नगरी कानुन निर्माण लगायत दीर्घकालीन महत्त्वका निर्णयमा एकलौटी गरिरहेको भन्दै एमालेले आपत्ति जनाएको छ । यिनै विषयमा प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच छलफल भएको बताइएको छ ।

उनीहरू बीच छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस्