
काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमति जुटन नसकेको बेला दुई नेताबीच आज (आइतबार) बिहान छलफल भएको हो ।
कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको सिट बाँड कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष तहमै छलफल भएको हो । कार्यदलमा पाँच दलले आ–आफैनै दाबी पेश गरेका छन् ।
देउवा र प्रचण्डको निर्देशनपछि कार्यदलले सहमतिको खाका तयार गर्ने र आजै सत्ता गठबन्धनको बैठक बस्ने तयारी रहेको स्रोतको दाबी छ।







