Logo

प्रधानमन्त्री देउवा र भारतीय सेनाध्यक्षबीच भेटवार्ता



काठमाडौँ, २१ भदौ । प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले भेटवार्ता गरेका छन् ।

प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा आइतवार नेपाल आएका भारतीय सेनाध्यक्ष पाण्डेले मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेको नेपाली सेनाले जनाएको छ ।

भेटवार्तामा द्विपक्षीय हित, नेपाली सेना र भारतीय सेनाबीच भइरहेको सहकार्य, भावी योजनालगायतका विषयमा कुराकानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्