काठमाडौँ, ३०असार । प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओलीले धन्यवाद ज्ञापन गर्नुभएको छ । आइतबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभयो।
लगत्तै उहाले सामाजिक सञ्जालमार्फत लेख्नुभएको छ, ‘सबैमा सम्मान, सबैलाई धन्यवाद’ । ओलीको शपथग्रहण भने भोलि (सोमबार) मात्रै हुने भएको छ। बिहान ११ बजे शीतलनिवासमा शपथग्रहण हुने गरी राष्ट्रपति कार्यालयले व्यवस्थापन तथा पत्राचार गरेको छ। ओली चौथोपटक प्रधानमन्त्री नियुक्त हुनुभएको हो।
ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि गृहजिल्ला झापावासी हर्षित
ओली चौथोपटक प्रधानमन्त्री बनेपछि गृहजिल्ला झापावासी हर्षित भएका छन् । जिल्लामा विकास निर्माणलगायतका कामले थप गति लिने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आजै उहाँलाई नेपालको संविधानको धारा ७६९२ अनुसार प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो । झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रधानमन्त्री ओलीले विगतका कार्यकालमा जिल्लामा सुरू गरेका विकास निर्माणका योजनाले पूर्णता पाउनुका साथै आगामी दिनमा नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी छन् ।
कन्काई नगरपालिका–४ का खगेन्द्र उप्रेती जिल्लावासी चौथोपटक देशको कार्यकारी नेतृत्वमा पुग्नु गौरवको कुरा भएको बताउनुहुन्छ । प्रधानमन्त्री ओलीले विगतमा गरेका वाचा पूरा गर्न सकेमा झापावासीका लागि त्यही नै ठूलो उपहार हुने उप्रेतीको भनाइ छ ।
मेचीनगरका पर्यटन व्यवसायी चन्द्र कार्कीले ओली प्रधानमन्त्री भएसँगै झापाको पर्यटन क्षेत्र थप चलायमान हुने अपेक्षा व्यक्त गर्नुहुन्छ । पर्यटकीयस्थल किच्चकबध, केचना, सतासीधाम, जमुनखाडी सिमसारलगायतका क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने खालका ठूला योजना आउनेमा आफूहरू आशावादी भएको उहाँले बताउनुभयो । साथै पर्यटकलाई काँकरभिट्टा नाका हुँदै तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्न केही वर्षदेखि लगाइएको रोक हटाउन सकेमा यस क्षेत्रको विकास ठूलो टेवा पुग्ने र यसमा प्रधानमन्त्री ओलीले पहल गर्ने यहाँका सबै व्यवसायीले अपेक्षा गरेको कार्कीले सुनाउनुभयो ।
भद्रपुर नगरपालिका–१० का मेघराज राजवंशीले प्रधानमन्त्री ओलीको नेतृत्वमा जिल्लाका रणनीतिक सडक निर्माण सम्पन्न गर्न सहज हुने आशा जागेको बताउनुभयो । सडक डिभिजन दमकका सूचना अधिकारी इञ्जिनीयर गौतमकुमार देवले बजेट अभावले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका रणनीतिक सडक अधुरा रहेका र सबै क्षेत्रमा रु नौ करोड बजेट अभाव रहेको जानकारी दिनुभयो ।
झापा गाउँपालिका वडा नं २ का अध्यक्ष हिमालकुमार चम्लागाईंका अनुसार वर्षाको समयमा कन्काइ, बिरिङ, मेची, रतुवा जस्ता ठूला नदीले जिल्लाको दक्षिणी क्षेत्र डुबान भई गाउँबस्ती नै विस्थापित हुने अवस्था छ । उहाँले जिल्लावासी नै देशको नेतृत्वमा पुगेसँगै डुबान रोक्न नदी किनारमा स्थायी तटबन्ध निर्माण हुने आशा व्यक्त गर्नुभयो ।
चित प्रधानमन्त्री ओलीले विगतका कार्यकालमा जिल्लामा सुरू गरेका विकास निर्माणका योजनाले पूर्णता पाउनुका साथै आगामी दिनमा नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी छन् ।