Logo

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो: अध्यक्ष ओली



काठमाडौँ, २२ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फितलो भएको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

“प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो । लिम्पियधुरा, लिपुलेक, कालापानी नेपालको संसद्ले सर्वसम्मतिले संविधान संशोधन पारित गर्‍यो । कसैको विरोध छैन । त्यसलाई संविधान संशोधनको रूपमा हामीले सामेल गरेका छौँ,” उनले भने ।

सुगौली सन्धिले नै तोकेको भूमि, १४६ वर्षसम्म तोकिएको भूमि आज आएर सदर गराउनुपर्‍यो? भन्दै उनले प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्