काठमाडौँ, ६ भदौ । मन्त्रिपरिषद बुधबार बसेको बैठकले प्रधानमन्त्री नेतृत्वको पुष्पमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधि मण्डलको न्युर्योक भ्रमण स्वीकृत गरेको छ ।
‘प्रधानमन्त्री प्रचण्ड न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुने सूचना तथा सञ्चारमन्त्री समेत रहेकी रेखा शर्माले जानकारी दिइन् । प्रधानमन्त्री प्रचण्ड आगामी भदौ ३० गते न्युर्योक जाने भएका छन् ।







