Logo

प्रधानमन्त्री प्रचण्डद्वारा टर्कीको भूकम्पमा निधन भएकाप्रति दु:ख व्यक्त



काठमाडौँ, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा आएको भूकम्पमा परि नागरिकको ज्यान गएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

उनले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली नागरिकको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्थानीय समयअनुसार आज बिहान ४ बजेर १७ मिनेटमा टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्