Logo

प्रधानमन्त्री प्रचण्डद्वारा लुम्बिनी केबलकार उद्घाटन



बुटवल, २५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईएमई समूहको लगानीमा निर्मित लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् ।

उनले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक थालिनी गरेका हुन् ।

बुटवल उपमहानगरपालिका-३ गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका-३ वसन्तपुरसम्म झन्डै तीन किलोमिटर दूरीको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो ।

लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर  कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वरपिपल, ढुङ्गेधारा, पोखरी आदि संरचनाले भरिपूर्ण एउटा धार्मिक तथा उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ ।

प्रतिक्रिया दिनुहोस्