काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
उनले भारत भ्रमणका क्रममा उज्जैनस्थित ज्योतिर्लिङ्ग महाकालेश्वरबाट ल्याएको जल पशुपतिनाथमा चढाएका छन् । उनलाई पशुपतिमा संस्कृतिमन्त्री सुदन किराती र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले स्वागत गरेका थिए ।
।
पशुपतिनाथ मन्दिर दर्शनका लागि प्रधानमन्त्री प्रचण्डसँगै भारत भ्रमणको समूहमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्दिर पनि दर्शन गरे ।







