Logo

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्री किरातीका बुवाप्रति श्रद्धाञ्जली अर्पण



काठमाडौँ, ६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका बुवा हर्कबहादुर राईप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मन्त्री निवास पुलचोक पुगेर प्रधानमन्त्री प्रचण्डले श्रद्धाञ्जली अर्पण गरेका हुन् । प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सञ्चारमन्त्री रेखा शर्मा, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, भूमि सुधारमन्त्री रञ्जिता श्रेष्ठलगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मन्त्री किरातीका बुवा हर्कबहादुरको ७६ वर्षको उमेरमा आज बिहान काठमाडौँको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित थिए ।

श्रद्धाञ्जलीपछि शवलाई हेलिकप्टरमार्फल गृहजिल्ला भोजपुर लैजाने तयारी छ । बुवाकै इच्छा अनुसार गाउँमै अन्त्येष्टि गर्न लागिएको मन्त्री किरातीको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्