Logo

प्रधानमन्त्री प्रचण्डलाई देउवाकाे बधाई



काठमाडौँ, ११ पुस । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिएका छन् ।

सोमवार नवनियुक्त प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएपछि देउवाले बधाई तथा शुभकामना दिएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा देउवा पनि पुगेका थिए । देउवा शपथ ग्रहणमा पुगे पनि कार्यक्रम नसकी बीचमै मञ्च छोडेर गएका थिए ।

यही मङ्सिर ४ गते भएको चुनावमा माओवादी र कांग्रेसबीच गठबन्धन भएको थियो तर सरकारको नेतृत्व सुरुमा कसले गर्ने भन्ने विषयमा सहमति नहुँदा माओवादीले एमालेसँग नयाँ समीकरण बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्